Rule 3
क्वारेन्टाइन चेकपोष्टको स्थापना
(१) देहायका स्थानमा ऐनको दफा ३ बमोजिम क्वारेन्टाइन चेकपोष्ट स्थापना गरिनेछ ः-
(क) पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी पैठारी हुने अन्तर्राष्ट्रिय नाका,
(ख) अन्तर्राष्ट्रिय विमानस्थल,
(ग) देश भित्र नै पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको अधिक ओसार पसार हुने बिन्दु ।
(२) उपनियम (१) बमोजिम स्थापना भएको चेकपोष्टमा देहाय बमोजिमको व्यवस्था हुनु पर्नेछ ः-
(क) पशुको आवागमनको लागि छुट्टै प्रवेश तथा प्रस्थानद्वारको व्यवस्था,
(ख) क्वारेन्टाइनको लागि प्रयोग हुने भवन तथा गोठ सजिलैसंग सरसफाई तथा निःसंक्रमण गर्न सकिने व्यवस्था,
(ग) बिभिन्न सवारी साधनबाट ढुवानी हुने पशु तथा पशुजन्य पदार्थलाई उकाल्न तथा ओराल्न प्लेटफार्मको व्यवस्था ।